काठमाडाै । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीचको भेटवार्ता मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा भएको हो ।

अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ । भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धि तर्फ अगाडि बढ्नेमा विश्वास लिए ।

भने, उपराष्ट्रपति पासाङले युगाैँदेखिको नेपाल–भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिकलगायतका क्षेत्रमा जनस्तरसम्म प्रगाढ रहेको बताएका थिए । उनले दुई देशबीचको सम्बन्धलाई अझैँ बलियो बनाउनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पासाङले आउँदै गरेको भारतको ७०औं स्वतन्त्रताको दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरु तथा भारतीय जनतामा शुभकामना व्यक्त गरे ।

यता, उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत पुरीले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुररहेको आश्वस्त पारेको थिए । उनले प्रविधि, पूर्वाधार, जलविद्युत, व्यापारलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव भारत तयार रहेको पनि बताए ।st petersburg russia tourist attractionsкак сделать перелинковку на сайтеклякtanfoglio barrelswww google com webmaster tools submit urlанализ поисковых запросов конкурентов