पारस खड्का

पारस खड्का
गेट्टी इमेज
अहिलेसम्म नेपाल क्रिकेटले लामो र आश्चार्यचकित दूरी पार गर्यो तर नेदरल्याण्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नु हाम्रो यात्राको सुरुवात हो।

हामी सँधै यही स्थानमा आउन चाहान्थ्यौं तरसँगै चुनौतीहरु उत्तिकै बढ्दैपनि गए। आठवर्ष अघि हामीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेका थियौं र आज चारवर्षका लागि ओडिआई(एक दिवसीय अन्तराष्ट्रिय) पाएसँगै हामी विश्वको उत्कृष्ट १६ राष्ट्रहरुमध्येका एक हौं।

म आशा गर्छु, हामी ओडिआई निरन्तरता दिनेछौं र थप विकास गर्दै जानेछौं। किनकी हाम्रो अबको लक्ष्य टेस्ट मान्यता प्राप्त राष्ट्र बन्नु हो। हामीले ओडिआई मान्यताका लागि कडा मेहनत गरेका छौं र नेदरल्याण्ड्सविरुद्धको खेल हामीले आफूलाई प्रदर्शन गर्ने अवसर हो। अनुभवलाई इन्ज्वाय गर्ने र राम्रो प्रदर्शन देखाउने मौका हो।

सम्बन्धित समाचार: एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

हामी कति टाढासम्म आइपुग्यौं भनेर पछाडी फर्केर हेर्दा आश्चार्य लाग्छ। व्यक्तिगत रुपमा भन्नुपर्दा मैले किशोराअवस्थामै काठमाडौंको स्कुलबाट क्रिकेट खेल्न थाले। म हेरक समय खेल्थे। वर्षातको समयमा फुटबल खेल्थे अनि बाँकी सम्पूर्ण समयमा क्रिकेट।

क्रिकेटमा मेरो कुनै आदर्श छैन् तर अस्ट्रेलियन टोलीको खेल हेर्न मलाई मन लाग्छ र म पछिल्ला वर्षहरुमा निरन्तर हेर्दै पनि आइरहेको छु।

किशोराअवस्थामा देशका लागि खेल्ने मेरो सपना त थियो तर दिमागमा गन्तव्य भने अर्कै थियो। जब म १५ वर्षमुनिको टोलीमा छनौट भए तब मेरो दिमागपनि क्रिकेट तिरै ढल्यो।

त्यसपछि हामीले आइसीसी १९ वर्षमुनिको विश्वकप खेल्यौं। दक्षिण अफ्रिकालाई दुई चोटी र न्यूजिल्याण्ड तथा जिम्बाबे जस्ता टेस्ट राष्ट्रलाई पराजित गर्यौ। त्यसबेला हामीले विश्वका उत्कृष्ट खेलाडीहरुविरुद्ध खेल्दै जित निकालेका थियौं।

यी मध्येको सबैभन्दा खुशीको दिन थियो, २७ नोभेम्बर, २०१३। त्यसदिन हामीले अन्तिम बलमा हङकङलाई पराजित गर्दै बंगलादेशमा २०१४ मा भएको टी–२० विश्वकपमा स्थान बनाएका थियौं।

त्यो क्षणहरु सम्झदा अहिले पनि म भावुक हुन्छु। हामीले देखेका सपनाहरु हाम्रै अघिल्तिर थिए। साढे तीन घन्टामा हामीले क्रिकेट करिअरकै ठूलो उचाईमा खुट्टा राखेका थियौं। हामीले विश्वकपमा हङकङ(जित), अफगानिस्तान(जित) र बंगलादेश(पराजित)विरुद्ध गज्जबको क्रिकेटपनि खेल्यौं।

र, यसवर्ष नामिबियामा भएको डिभिजन दुई र जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोट पनि अर्को निकै स्पेशल क्षण थियो। यो वर्ष मेरा पुस्ताका खेलाडीहरुलाई पनि महत्वपूर्ण रह्यो। किनकी हामीले यस अवस्थामा पुग्न विगतमा निकै लामो संघर्ष गरेका थियौं।

हाम्रो टिम स्प्रिट गज्जबको छ। त्यो हाम्रा लागि सबैभन्दा ठूलो प्लस प्वाइन्ट हो। हामी प्रत्येक रन र प्रत्येक विकेटका लागि मरिमेट्छौं। हामी सबै निकै इमान्दार अनि कडा मेहनती थियौं र सायद यसलाई हेर्दै आगामी पुस्ताले थप नयाँ गर्ला।

हामी जहाँ गएपनि हामीसँग अर्को गज्जबको कुरा हाम्रो फ्यान फलोइङ हुन्थ्यो। विश्वको जुनसुकै कुनामा नेपालीहरु भएपनि हामी पुग्दा उनीहरु ठूलो संख्यामा सपोर्ट गर्न आउँछन्। हामी निकै भाग्यमानी छौं। उनीहरुले सधै हाम्रो हौसला बढाइरहन्छन्।

सन् २०१६ मा लर्डसमा पहिलोपटक खेल्दा हामीले त्यसकुराको राम्रो ध्यान दिएका थियौं। दोस्रो दिन विहान उठेर मैले सोचे, के साँच्चै हामीले हिजो लर्डसमा खेलेका हौं? लर्डसको ड्रेसिङ रुममा छिर्नु हरेक खेलाडीका लागि आश्चार्यजनक अनुभव हुन्छ। हाम्रा लागि पनि त्यो अविश्वसनिय क्षण थियो।

हामी अहिलेदेखि नै सन् २०२३ को विश्वकप छनोट चरणका बारेमा सोच्न थालिसकेका छौं। त्यो हाम्रा लागि विश्वकप खेल्ने राम्रो अवसर हुनसक्छ। सरकार पनि नेपालमा क्रिकेट विकासका लागि सकरात्मक देखिएको छ। आशा, गरौं हामीसँग छिट्टै संघपनि हुनेछ। यदि हामीले सबै स्रोत साधन एकसाथ पाउने हो भने आगामी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल छ।

म १५ वर्षदेखि खेलिरहेको छु। मैले कहिले सोचेको थिइन् कि म यति लामो समयसम्म खेल्छु। एकदिन मैले टोलीबाट विदा हुनुपर्ने बेला आउनेछ। सायद, त्यो ६ महिना या ६ वर्षपनि हुनसक्छ। तर, अहिले मजति सक्दो योगदान दिन चाहान्छु र आफूलाई अगाडी धकेल्न चाहान्छु।

कप्तानका रुपमा यो गज्जबको यात्रा रह्यो र मलाई आशा छ यसले निरन्तरता पाउनेछ। सबैभन्दा महत्वपूर्ण कुरा प्रदर्शन दिदैँ जानु र टोलीलाई अघि बढ्न सघाउनु हो।

(आइसीसीको वेवसाइटमा प्रकाशित नेपाली कप्तान पारस खड्कासँगको स्टोरीको अनुवाद)