आज दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक ब।स्नुअघि प्रधानमन्त्री देउवाले एमाले र माओवादी केन्द्रका नेताहरूसँग छलफल गरी सकेसम्म सहमतीमै प्रदेश प्रमुखको टुङ्गो लगाउने तयारी गरेका छन्।

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विवादमा अल्झिँदा प्रदेश सरकार गठन र प्रदेश सभा बैठकसमेत पर सर्दै आएको छ।

प्रधानमन्त्री देउवाले सात प्रदेशमध्ये कांग्रेस र एमालेबाट दुई दुई जना तथा माओवादी, संघीय समाजवादी र राजपाबाट एक एक जना भागबण्डा गरी सहमती खोज्ने प्रयास गरिरहेका छन्।

सुरुमा देउवा सरकारले प्रदेश प्रमुख तोक्न नपाउने तर्क गर्दै आएको एमालेले पछिल्लो समय भने ‘यो सरकारको काम हो’ भनेर आफु पन्छिँदै आएको छ। यता प्रधानमन्त्रीले एमालेको सहमती नलिँदा नयाँ सरकार बन्नासाथ आफुले तोकेका प्रदेश प्रमुख हटाइन सक्ने भएकाले सहमती जुटाउने प्रयास गरेका छन्।

स्रोतहरूका अनुसार पछिल्लो समय एमाले र माओवादी पनि अहिलेलाई सहमतीमै प्रदेश प्रमुख तोक्न तयार भएका छन् र प्रधानमन्त्रीलाई आफ्नो भागमा परेका प्रदेश प्रमुखको नाम दिन राजी भएका छन्।

प्रदेश प्रमुख हुनका लागि राजनीतिक दलमा सक्रिय रुपमा सहभागी नभएको र विवादित छबि नभएको व्यक्ति हुनु पर्ने व्यवस्था छ, जसमा पार्टीहरले पूर्व प्रशासक वा न्यायिक पृष्ठभूमिका व्यक्तिहरूलाई सिफारिश गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुखसँगै सरकारले प्रदेशको अस्थायी राजधानी पनि तोक्ने तयारी गरेको छ। तर संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाले अहिले तोकिएको अस्थायी राजधानीलाई परिवर्तन गरी नयाँ स्थायी राजधानी तोक्न सक्नेछ।

портфолио логопедапаркетной клейлидов.рф разводзаказать рекламукак не попасть под фильтр поисковых системциклевка