nepal-student-unionकाठमाडौ । नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापा र बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई कारबाही हुनुपर्ने माग गरेको छ ।उनीहरुले प्रसाईमाथि कारबाही हुनुपर्ने र थापाले माफी माग्नुपर्ने माग राखेका छन् । साथै युनियनले चरणबद्ध आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत महिलाका विषयमा आपत्तिजनक टिप्पणी गरेका थिए । त्यस्तै थापाले पनि शिक्षाको गुणस्तरका सन्दर्भमा भ्रामक अभिब्यक्ति दिएका थिए ।

फेरि पनि यस्तै गैरजिम्मेवार पूर्ण अभिब्यक्ति नआओस् भनेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको युनियनले जनाएको छ । आन्दोलित विद्यार्थीले सोमवार ढाकास्थित नेपाली दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ भने,१७ गते ढाकामै सांकेतिक विरोध कार्यक्रम गर्ने भएको छ ।

१८ गते ढाकास्थित दुतावासमा १२ बजेदेखि धर्ना कार्यक्रम रहेको छ । प्रसाईलाई कार्वाही हुनुपर्ने विषयमा आईतवार सांसदहरुले समेत आवाज उठाएका थिए ।