ओली सरकारले भारी मात्रामा कर बृद्धि गरेपछि सरकारका विरुद्ध बीरगंजमा उत्रिए उद्योगी र व्यवसायीहरु

अाेली सरकारले ठूलाे मात्रामा कर बृद्धि गरेकाेमा उद्याेगी र व्यवसायीहरू अान्दाेलनमा उत्रिएका छन् ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले कर वृद्धि गरेको विरोधमा वीरगंजका उद्योगी व्यपारीहरु आइतवारदेखि आन्दोलनमा उत्रिएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनमा उत्रिएका यहाँका उद्योगी व्यपारीहरुले आइतवार वीरगन्जमा प्रर्दशन गर्नुका साथै आधा घण्टा बजार पनि बन्द गराएका छन् ।

महानगरको कर वृद्धिका विरोधमा उद्योग व्यपारीहरुले थालेको आन्दोलनमा केही राजनीतक दलले पनि साथ दिएका छन् । घण्टार चोकबाट बिहान १० बजे निस्किएको विरोध रयालीमा सहभागी उद्योगी व्यपारीले नगर क्षेत्रको परिक्रमा गर्दै महानगरपालिका कार्यालयमा पुगेर मेयर विजय सरावगीलाइ ज्ञापन पत्र पनि बुझाएका छन् ।

नगर परिक्रमाका क्रममा विरोध रयालीमा सहभागी व्यपारीहरुले मेयर सरावगीको विरोधमा नाराबाजी पनि गरेका थिए । उनले भने,‘करको दरमा पुनरावलोकन गरिएन भने अझ सशक्त आन्दोलनमा जान्छौँ’, उनले भने ।

उद्योगी व्यपारीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका मेयर सरावगीले स्थानीय सरकारले ल्याएको करको विषयमा वार्ता गर्न आफु तयार रहेको भन्दै उद्योग वाणिज्य संघलाई वार्तामा आउन आग्रह गरे  ।

‘हुन त कुनै पनि असन्तुष्टि हुदाँ पहिले आन्दोलन गर्ने र त्यसपछि मात्र वार्तामा बस्ने हाम्रो बानी छ , यो बानी  अब सुधार्न पर्छ’ उनले भने, ‘स्थानीय सरकार जहिले पनि जनताको कुरा सुन्न तयार छ । उनले उद्योग वाणिज्य संघले उठाएका केही माग जायज भएपनि अधिकांश माग गलत छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *