अग्निज्वाला – काठमाडौं माघ २

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव

!राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरुसँग निर्वाचन आयोगले अन्तरक्रिया गर्ने भएको छ।

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरुसँग निर्वाचन आयोगले अन्तरक्रिया गर्ने भएको छ।

त्यसका लागि आज दिउसो १ बजे पाँच वटै राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरु निर्वाचन आयोग जाँदैछन्।

राष्ट्रिय सभाको निर्वाचन, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन परिणाम आदिका विषयमा छलफल गर्न आयोगले राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुलाई निम्त्याएको हो।

बैठकमा कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निम्त्याइएको छ।

यसैगरी संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र राजपाबाट महन्थ ठाकुर लगायतका नेतालाई पनि आयोगमा निम्त्याइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यपरीक्षणको क्रममा ब्याङ्ककमा रहेकाले एमालेको तर्फबाट बरिष्ठ उपाध्यक्ष बामदेब गौतम पार्टीको नेतृत्व गर्दै जाने सम्भावना छ।

профессий1911 fullgoogle создать аккаунтонлайн ddosпушок Фокинреклама в ленте вк