नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।आजै दिउँसो बस्ने संसद बैठकबारे छलफल गर्न संसदीय दलको बैठक आयोजना गरिएको नेकपा नेताहरूले बताएका छन्।साउन ३ गते बसेको संसद बैठक प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको थियो।
डा. गाविन्द केसीको माग सम्बोधन गर्नुपर्ने लगायत माग राखेर संसद अवरुद्ध गर्दै आएको कांग्रेसले शुक्रबारको संसद बैठक अवरुद्ध नगर्ने अनुमान गरिएको छ।
किनकि डा. केसी र सरकारबीच हिजै सहमति भइसकेको छ।संसद् बैठक दिउँसो १ बजेका लागि बेलाइएको छ।आजको बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि सभामुखले प्रस्ताव गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ