डा.गाेविन्द केसीडा.गाेविन्द केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै चार हप्तादेखि अनसनरत डा गोबिन्द केसी र सरकारबीच सहमति भएको छ।

प्रधानमन्त्री कार्यालयमा भएको वार्तापछि सरकार–केसी पक्षबीच ७ बुँदे सहमति भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीसँग सहमतिका लागि सन्देश पठाएसँगै साढे दुई बजेदेखि प्रधानमन्त्री कार्यालय सिँहदरवारमा वार्ता सुरु भएको थियो।

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङमार्फत् सरकारी वार्ताटोलीलाई डा केसीसँग सहमतिका लागि सन्देश पठाएका थिए।