निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले पहिलो चरणमा साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गर्ने भएको छ ।कम्पनीले आफ्नो जारी पूँजी ८० करोडमध्ये दश प्रतिशतले हुने शेयर उद्योग प्रभावित क्षेत्र धादिङका सम्पूर्ण बासिन्दाको लागि बिक्री गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउने सिभिलले जनाएको छ ।हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आइपिओपछि बढेर ८० करोड पुग्नेछ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ ।