भारतबाट दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीलार्इ दिल्लीबाट उद्धार गरिएकाे छ । उनीहरूलार्इ भारतीय महिला आयोगले उद्धार गरेको हाे।

मंगलबार राति दिल्लीबाट युवतीको उद्धार गरिएको दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवालले ट्वीटमा उल्लेख गरेकी छन्।उनीहरुलाई दिल्ली हुँदै इराक तथा कुवेत लैजान लागिएको बताइएको छ।

एउटा सानो कोठामा बन्धक बनाइ राखेको अवस्थामा दिल्ली महिला आयोगले प्रहरीको सहयोगमा उद्दार गरेको हो। उनीहरुको पासपोर्ट दलालले नै राखेको बताइएको छ।

सूचना अनुसार ७ युवतीको भने करिब १५ दिन पहिले इराक र कुवेत पुर्या इएको दाबी गरिएको छ। रातको करिब १ बजेर ३० मिनेटमा उनीहरुको उद्दार गरिएको हो। आयोगले विशेष जानकारीका आधारमा उद्धार गरेको जनाएको छ।

उद्धार गरिएको स्थान प्रहरी कार्यालयबाट ५०० मिटर दूरीमा रहेको जनाइएको छ।