८ साउन– यूरोप भम्रणको दोस्रो अभ्यास खेलमा नेपाल लन्डनको सेन्ट क्रस साइमोन्डियन्स क्रिकेट क्लबसँग १९ रनले पराजित भएको छ।

सेन्टक्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनमा समेटियो। नेपालका ब्याट्सम्यान सुबास खकुरेल १०, रोहित पौडेल १, दीपेन्द्रसिंह एेरी ३, शरद भेषावकर ० रनमा आउट भए ।

कप्तान पारस खड्कालार्इ यस खेलमा आराम दिइएको थियो। कप्तानी गरेका ज्ञानेन्द्र मल्लले १८ रनमात्रै जोडे । नेपालका लागि अनिलकुमार मण्डलले सर्वाधिक ५६ रन जोडे ।

बलिङतर्फ बसन्त रेग्मीले ४ ओभरान १ मेडनसहित २ विकेट लिए ।
समान २ विकेट लिएका सोमपाल कामीले ४ ओभरान ३४ रन खर्चे भने
सन्दीप लामिछानेले ४ ओभरमा १ विकेट लिए ।