सहायक सिडिओ भन्छन्ः सामान्य रुघाखोकी हो तर बाल-वृद्ध र दीर्घरोगी बढी प्रभावित भए

     काठमाडौं  पुस २९

भाइरल ज्वरोका कारण जाजरकोटको जुनिचाँदे गाउँपालिकामा १३ जनाको मृत्यु भइसकेपछि पूर्वगृहमन्त्री एवं जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका विजयी उम्मेदवार शक्तिबहादुर बस्नेत शनिबार हेलिकप्टर लिएर गृहजिल्ला पुगेका छन्।

बस्नेत स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थयसेवा विभागका महानिर्देशक, गृहमन्त्रालयका सहसचिवसहित १७ जनाको टोली लिएर शनिबार प्रभावित क्षेत्र पुगेका हुन्। जिल्लाका सरोकारवाला निकायसँग अन्तक्र्रिया गरेपछि बस्नेतसहितको टोली शनिबार नै राजधानी फर्किएको छ।

उनीहरु काठमाडौंबाट सिधै भाइरल प्रभावित जुनिचाँदे गाउँपालिकाको मझकोटमा पुगेका थिए।

१२ पुषदेखि जुनिचाँदे गाउँपालिका १, २ र ३ मा फैलिएको भाइरल ज्वरोका कारण हालसम्म १३ जनाको मृत्यु भइसकेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए। ४ स्थानमा क्याम्प राखेर बिरामीको उपचार भइरहेको जनाउँदै शर्माले मौसमी रुघाखोकी भएपनि दीर्घरोगी र बालबच्चा बढी प्रभावित भएको बताए।

‘सामान्य रुघाखोकीकै समस्या हो तर दीर्घ रोगी, दमका रोगी, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु बढी प्रभावित बने,’  उनले भने, ‘मृत्यु हुनेमा पनि बालबच्चा, वृद्ध र कुपोषणको सिकार भएका व्यक्ति बढी छन्।’

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका ७ जना बालबालिका रहेका छन् भने ५० माथिका मृतकको संख्या ६ रहेको छ। जुनिचाँदे–२ बाट सुरु भएको भाइरल वडा नम्बर १, २, ३, ४, ५ र १० मा फैलिएको छ।

शनिबारबाट शिविरै खडा गरेर उपचार प्रक्रिया सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जनाए। हालसम्म १ हजार २ सयभन्दा बढीको उपचार भइसकेको छ। ‘बिरामीको चापको कुरा गर्दा समस्या देखिएपछि स्वभाविक रुपमा मलाई पनि केही भइहाल्यो कि भनेर स्वास्थ्य परीक्षण गर्नेको पनि संख्या थपिएको छ,’ उनले भने, ‘सामान्य रुघाखोकी कै समस्या भएकाले हामीले उपचारमा कुनै कसर बाँकी राखेका छैनौं, बिस्तारै समस्या समाधानउन्मुख छ।’

भाइरल ज्वरोका कारण बिरामीमा टाउको दुख्ने, पखाला लाग्ने, ज्वरो र रुघाखोकीको समस्या देखिएको छ।

in goldenопределение позиций сайтастаматалогияимидж компанииsms отправкаlemigo grenlander 862 eva