दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा एयरले भाइकिङ विमान खरिद गरेको छ।

१९ सिट क्षमताको डिइचसी ६-४०० सिरिजको ट्वीनअटर विमानबाट लुक्ला, डोल्पा, रारा लगायतका दुर्गम क्षेत्र उडान गरिने तारा एयरले जनाएको छ।

भाइकिङ विमान ट्वीनअटरको नयाँ सिरिज हो। ९ एन–एएलओ कलसाइन भएको विमान शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

यो विमान वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, पवनसिंह नगरकोटी र इन्जिनियर जगत लामाको प्राविधिक सहयोगमा नेपाल ल्याइएकाे हो।