लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएको र कयौं जनताले दुख पाएको साथै कतिले सडकका कारण ज्यान गुमाएको भन्दै आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् ।

kalanki-nagdhunga

स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर केहीबेर नाराबाजी समेत गरेका छन् ।स्थानीयको प्रदर्शनका कारण राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ ।