६ साउन – गोविन्द केसीका सर्मथकले आइतबार काठमाण्डुको वसन्तपुरमा सामूहिक अनसन बसेका छन् । सामूहिक अनसन बिहान १० देखि ५ बजेसम्म बस्नेछन् । सोलिडारिटी फर डा केसी अभियानले सो कार्यक्रमको आयोजना गरेको हो ।

अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी, विद्यार्थीहरूको सहभागिता रहने बताइएको छ ।

अनशनमा बस्नका लागि हिजो दुई सय ६० जनाले नाम दर्ता गराएका सोलिडारिटी फर डाक्टर गोविन्द केसी एल्लाइन्सले जनाएको छ । उनीहरुले सामूहिक अनशन सुरु हुनु अगाडि शङ्ख बजाएका थिए ।

डा. केसीले १५औं पटक जारी राखेको अनशन आज २३ दिनमा पुगेको छ ।