गत वर्षको तुलानामा सामूहिक लगानी कोषको बडेतापनी संस्थागत र व्यक्तिगत लगानीकर्ता भने खुम्चिए छ। गत वर्ष दोस्रो बजारमा एक खर्ब २१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। जसमा सामूहिक लगानी कोषको भूमिका २.२८ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष सोही अवधिमा कोषको भूमिका ०.६७ प्रतिशत मात्रै थियो।तर समग्र बजारमा कारोबार रकम भने ४०.७६ प्रतिशतले घटेको छ। दोस्रो बजारमा गिरावट आएसँगै गत आर्थिक वर्षमा एक खर्ब २१ अर्ब रुपैयाँको कारोबार भएको छ। जबकि अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार दुर्इ खर्ब ४ अर्ब रुपैयाँको थियो।

गत आर्थिक वर्षमा सामूहिक लगानी कोषको भूमिका बढेको भए पनि व्यक्तिगत र संस्थागत लगानीकर्ताको भूमिका भने खुम्चिएको छ।गत वर्ष संस्थागत लगानीकर्ताले ११ अर्ब ६ करोड रुपैयाँको कारोबार गरेका थिए।अघिल्लो वर्ष सोही अवधिमा २० अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो। जुन ४६.१३ प्रतिशतले कम हो। यसै गरी व्यक्तिगत लगानीकर्ताले गत वर्ष एक खर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए।सोही अवधिमा अघिल्लो वर्ष एक खर्ब ८२ अर्ब रुपैयाँको कारोबार भएको थियो। जुन अघिल्लो वर्षको तुलनामा ४१.२३ प्रतिशत कम हो।