केसी समर्थक र प्रहरीबीचको झडपले राजधानी तनावग्रस्त, झडपपछि प्रधानमन्त्रीले मन्त्रीहरूलार्इ बोलाए वालुवाटार

डा. गोविन्द केसीका समर्थकहरू र प्रहरीबीच भिडन्त हुँदा राजधानीकाे जनजीवन निकै तनावग्रस्त बनेकाे छ।

शनिबार केसीका समर्थकहरूले राजधानीकाे निषेधित क्षेत्र ताेड्न खाेज्दा प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।झडपमा प्रहरी इन्स्पेक्टर खेम नेपालका साथै तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतसहित करिब ४० जना घाइते भएको जनाइएको छ ।

राजधानीको माइतीघरमण्डलाबाट नयाँबानेश्वरतर्फ जाँदै गरेको तरुण दलको ¥यालीलाई प्रहरीले रोकेपछि झडप भएको थियो ।

अाक्राेशित प्रदर्शनकारीले प्रदेशमन्त्रीका गाडीमा ढुङ्गामुढा गरेका छन् । कार्यक्रममा डा. केसीको समर्थनमा सडकमा उत्रिएका विवेकशील साझा पार्टी र नागरिक समाज तथा अधिकारकर्मीहरूले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुसमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडप भएको आयोजकहरूले जनाएका छन् ।

आक्रोशित तरुण दलका कार्यकर्ताले प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडी तोडफोड गरिदिएका छन् । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडी तोडफोड भएको हो ।

यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।  तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुङ्गा लागेर इन्द्रेणी फुडल्यान्डको बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा बानेश्वरमा निकालिएको विरोध र जुलुस प्रर्दशनमा झडप भएपछि मन्त्रीहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

डाक्टर केसीको अनशनका कारण सरकारविरुद्ध जनमत बढिरहेकोले प्रधानमन्त्री ओलीले समिक्षा गर्न र केसीका मागहरु कसरी पूरा गर्न सकिन्छ भनेर सरकारको आधिकारिक धारणा बनाउन मन्त्रीहरुलाई बोलाएको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *