कुमारी बैंक लिमिटेड र गरिमाविकास बैंक लिमिटेडबीच‘गरिमा रेमिट’सञ्चालनगर्ने सम्बन्धमा सम्झौता सम्पन्नभएको छ ।

मिति२०७५श्रावण ३गते बिहीबार गरिमाविकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसादउपाध्याय र कुमारी बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात कुमारी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ८६ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकमभूक्तानीगर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

साथै, सोहीकार्यक्रममागरिमाविकास बैंक लिमिटेडले ‘कुमारी रेमिट’मार्फत रकम भुक्तानी गर्ने सम्बन्धमा समेत गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासगै अब देशभर सञ्चालनमा रहेका शाखा कार्यालयबाट सेबा सुबिधा लिन सकिनेछ।