प्रचण्डले लेखे देउवालाई यस्तो चिठी
          अग्निज्वला २०७४ काठमाडौं,  पुस २८
 

माओवादी मन्त्रीहरुका तर्फबाट तत्कालिन स्वास्थ्यमन्त्री एवं हालका बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले प्रचण्डको पत्र देउवालाई बुझाउनेछन् । माओवादी मन्त्रीले बिहीबारै प्रधानमन्त्री समक्ष सामूहिक राजीनामा बुझाउने तयारी गरेका थिए ।

शुक्रबार सार्वजनिक बिदा परेका कारण आज राजीनामा बुझाउन लागिएको मन्त्री पोखरेलले बताए । ‘पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाइएको सम्बन्धी अध्यक्ष कमरेडको पत्र हामी प्रधानमन्त्रीलाई बुझाउँदैछौं’, पोखरेलले भने ।

उनले राजीनामा बुझाउने समय निश्चित नभए पनि प्रचण्डको सचिवालयबाट पत्र प्राप्त हुनासाथ आफू बालुवाटार गएर प्रधानमन्त्रीलाई भेट्ने बताए । वर्तमान सरकारमा माओवादीका ९ मन्त्री र ७ राज्यमन्त्री छन् ।

एमालेसँग तत्कालका लागि चुनावी तालमेल र पछि पार्टी एकता गर्ने गरी माओवादीले बाम गठबन्धन निर्माण गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बिना विभागीय बनाइदिएका थिए । तर, निर्वाचन गराउने राष्ट्रिय कार्यभार रहेको भन्दै माओवादीले सरकार छाडेको थिएन ।

Польшекраиныкомпьютерные-советыfokinsaсемантическое ядро сервисmonthly budget