बर्दिबास, २ साउन – गाँजा तस्कर र प्रहरीबीच महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीमा मंगलबार गोली हानाहान भएको छ ।

प्रहरीले देख्ने बित्तिकै भाग्दै गरेका गाँजा तस्करीमाथि प्रहरीले ६ राउण्ड गोली प्रहार गरेको थियो । तस्करले प्रहरीलाई लक्षित गरेर कम्तिमा ३ राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । गोली प्रहार भएपछि तस्कर भागेको प्रहरीले जनाएको छ । उनीहरूबाट बरामद गाँजाको परिमाण ३३ किलो रहेको प्रहरीले जनाएको छ ।

हतियारसहित गाँजा तस्करी हुन लागेको गोप्य सूचनाको आधारमा मंगलबार राति सबा १० बजे डिएसपी खड्का नेतृत्व टोली अजमलपट्टी पुगेको थियो ।