‘मैले धेरै हाकिमलाई गाडीमा घर र कार्यालय ओसारें तर मेरो पिरमर्का बुझ्ने आज कोही भएनन्’, उनले भने। परिवारमा एक्लो कमाउने राउतको जागिर नहुँदा छोराछोरी पाल्ने सुर्ताले उनी छटपटिएका छन्।

निर्मला भुजेलले पनि कार्यालयमा हाजिर गर्न पाएकी छैनन्। मुद्रण विभागमा कार्यालय सहयोगी भुजेलले कार्यालयका टेबल पुछ्ने, चियाले सत्कार गर्ने, कार्यालय चिटिक्क पार्ने काममा ९ वर्ष बिताइन्। ‘असार लागेपछि हाजिर गर्न दिइएको छैन, खाइरहेको जागिर एक्कासि छाड्नुपर्ला भन्ने सोचेकी थिइनँ। अब परिवारको खर्च कसरी धान्ने रु ’, उनले गुनासो गरिन्।

कुमार र निर्मला मात्रै होइन, विभिन्न सरकारी निकायमा कार्यरत ३० हजारभन्दा बढी कर्मचारीलाई सरकारले एकैपटक हटाउने तयारी गरेको छ। अस्थायी, करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई सरकारले एकैपटक हटाउने गृहकार्य अघि बढाएको हो। आजको अन्नपूर्णपोष्टमा खबर छ।