अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्दामिर पुटिनलाई चिन्दिन भनेपछि ………..!

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो शत्रु नभइ प्रतिस्पर्धी मात्र भएको बताएका छन् ।

एउटा शिखर सम्मेलनका क्रममा एकदिन अगाडी पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् । कसैले उनलाई सोध्यो के पुटिन तपाईको शत्रु हुन ? उनले भने “होइन, पुटिन मेरो शत्रु होइनन ।”

“त्यसो भए के पुटिन तपाइको साथी हुन त ?” यसमा पनि उनले भने, “होइन । मैले उनलाई राम्रोसँग चिन्दिन, तर पनि दुईपटक भेट्नभने पाएको छु ।”

“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उनले रुसको प्रतिनिधित्व गर्छन, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भने । “आशा गरौँ, उनी मेरो साथी बन्नेछन । अहिले भने चिनेको छैन ।”

बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ जवाफ दिएका हुन् ।

यसैबीच ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन् ।

उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि चार प्रतिशतसम्म सुरक्षा खर्चमा बृद्धि गर्न आग्रह गरेका हुन् ।

ब्रसेल्समा मङ्गलबारदेखि नेटो गठबन्धन राष्ट्रहरुको बैठक जारी रहेको छ । सोही क्रममा उनले अहिलेको रकममा भारी मात्रामा बृद्धि गरेर यो रकम छुट्याउन आह्वान गरेको ब्रसेल्सबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

हाल हरेक देशले आफ्नो देशको कुल ग्राहस्थ्य उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन् । यसमा अहिलेको लक्षित बजेटको दोब्बर बनाउन राष्ट्रपति ट्रम्पले आह्वान गरेको प्राप्त सो समाचारमा जनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *