नेकपा केन्द्रीय सचिवालय बैठक

नेकपा केन्द्रीय सचिवालय बैठक
नेकपा केन्द्रीय सचिवालयको बैठक आज साँझ पुन बस्ने भएको छ।

 विहानदेखि बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि साँझका लागि फेरि बैठक डाकिएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रबक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक संरचनाका बारेमा छलफल भएको बताए।

श्रेष्ठले भने, ‘छलफल जारी छ, बेलुका ५ बजे बैठक पुनः बस्नेछ।’

श्रेष्ठले आज साँझको बैठकबाट नभए भोलिसम्म सम्ममा संगठनात्मक बिषय लगायतका बिषयमा टुंगो लगाइने दावीपनि गरे।