लण्डनको विश्वविख्यात क्रिकेट मैदान लर्ड्समा नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई वर्षपछि श्रावण १३ गते आइतबार पुनः क्रिकेट खेल्ने भएपछि बेलायतमा रहेका नेपााली उत्साही भएका छन्।

नेपालले सो दिन नेदरल्याण्ड्स र इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी २० खेल्ने छन्।

नेपाल र बेलायतबीच दौंत्य सम्बन्धविश्वविख्यात लर्ड्स क्रिकेट मैदान

विश्वविख्यात लर्ड्स क्रिकेट मैदान

 स्थापना भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा नेपाली टोली र एमसीसीबीच पहिलो पटक लर्ड्समा भएको मैत्रीपूर्ण खेलमा नेपालले एमसीसीलाई पराजित गरेको थियो। त्यो क्षण बेलायतबासी नेपालीहरुको मष्तिस्कमा अझै ताजै छ लर्ड्स मैदानमा फेरि नेपाली राष्ट्रिय क्रिकेट टिमको खेल हेर्ने मौकाले धेरै नेपालीहरुलाई रोमाञ्चित बनाएको छ।

नेपाल र नेदरल्याण्ड्सबीच हुने टी २० लाई आईसिसिले अन्र्तराष्ट्रिय मान्यता दिएपछि सो खेलको जीत नेपाली क्रिकेट टिमका लागि अझ महत्वपूर्ण हुने भएको छ। क्रिकेट म्याचमा बढीभन्दा बढी नेपालीको सहभागिताका लागि लण्डनस्थित नेपाली दूतावासमा गत हप्ता बेलायतमा रहेका नेपालीहरुका विभिन्न संघ, संस्थाहरुका प्रतिनिधिहरुको बैठक बसेको थियो। नेपाली राजदूताबास लण्डनका उपनियोग प्रमुख शरदराज आरणले नेपालखबरसँग कुराकानी गर्दै सो खेल नेपालको क्रिकेट विकासका लागि महत्वपूर्ण रहेको जनाए। नेपाललाई माया गर्ने सबै बेलायतबासी नेपालीहरुलाई क्रिकेट म्याच हेर्न आउन आह्वान समेत गरे।

खेल हेर्न सो दिन करिब १० हजार नेपाली दर्शक आउने अपेक्षा रहेको व्यबस्थापन समितिका प्रशान्त कुँवरले नेपालखबरलाई बताए। उनले नेपालले अन्तरार्ष्ट्रिय स्तरको खेल लर्ड्समा पहिलो पटक खेल्न लागेको जनाउँदै नेदरल्याण्डनका समर्थकहरु पनि खेल हेर्न आउने हुनाले नेपाल समर्थकको संख्या बढाउन सक्यो भने नेपाली क्रिकेट टिमको मनोबल बढ्ने बताए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले होम अफ क्रिकेट भनेर चिनिने लर्डसमा पुनः खेल्न पाउनु आफनो सौभाग्य रहेको बताउँदै बेलायतबासी नेपालीहरुलाई सामाजिक संजालमा एक भिडियो मार्फत खेल्न आफैँमा महत्वपूर्ण भएकोले खेल हेर्न आएर आफूहरुलाई प्रोत्साहित गर्न आव्हान गरेका छन्।

सो दिन पहिलो खेल स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुने र फाइनल खेल साँझ साढे ४ बजे सुरु हुने एमसीसीले जनाएको छ।

नेपाली खेलाडी बन्द प्रशिक्षणमा

यसैबीच नेपाली खेलाडीहरु बन्द प्रशिक्षणमा व्यस्त छन्। शनिबार देखि नेपाली २० सदस्यीय टोली बन्द प्रशिक्षणमा छ।

बन्द प्रशिक्षणमा पहिलो पटक हरी क्षेत्रीले स्थान बनाएका छन् भने विनोद भण्डारी, प्रदीप ऐरी र सुवास खकुरेलले पुनरागमन गरेका छन्। प्रदीप २०१५ यता र विनोद भण्डारी अन्तिमपटक विश्व क्रिकेट लिग च्याम्पियनसिपको यूएर्इविरुद्धको खेलयता राष्ट्रिय टोलीमा थिएनन्। सुवास भने चोटका कारण लामो समय टोली बाहिर थिए।

बन्द प्रशिक्षणका लागि छनोटमा परेका खेलाडीहरुमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुनिल धमला, सुशन भारी र हरि क्षेत्री छन्।
भिडियाे