सन्दीप लामिछानेसन्दीप लामिछाने

ग्लोबल क्यानडा टी–२० क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।

आइतबार राति मोन्ट्रोरियल टाइगर्सबाट चौथो खेल खेलेका सन्दीपले टोरोन्टो नेशनलविरुद्ध ४ ओभरको स्पेलमा ३४ रन खर्चिएर २ विकेट लिए। उनले ४ खेलमा ५ विकेट लिएका छन्।

यसअघिको तेस्रो खेलमा सन्दीपले गत बुधबार चार ओभरमा सन्दीपले १ ओभर मेडन राख्दै १६ रनमात्रै खर्चिएर १ विकेट लिए। त्यस्तै त्यसअघिका दोस्रो खेलमा उनले ४ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेका १९ रनमात्रै खर्चेर १ विकेट लिएका थिए। पहिलो खेलमा भने केही महँगो भएका सन्दीपले ४ ओभरमा उनले ५७ रन खर्चदै १ विकेट लिएका थिए।

मोन्ट्रोरियलले दिएको १ सय ७७ रनको लक्ष्य टोरोन्टो नेशनल्सले अन्तिम बलमा ९ विकेट गुमाएर भेटाएको थियो। यो सन्दीपको टोली मोन्ट्रोरियलको चौथो हार हो। पाँच खेल खेलेको टोली एउटामा मात्रै जित पार्दै २ अंकका साथ पुछारमा छ।