२५ असार – छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास सुरु भएको छ । संम्भवतः उनलाई आजै अनशन तोडाउने प्रयास भएको बताइएको छ । उनलाई अनशन तोडाउन मानवअधिकारकर्मीहरुले सक्रियता देखाएका छन् ।


मानवअधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतको पहलमा अनशन तोडाउने प्रयास भइरहेको स्राेतले बतायाे ।

गंगामायाका छोरा अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।

कानूनमन्त्री शेरबहादुर तामाङले जुस पिलाएर गंगामायाको अनशन तोडाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

उमेरले ७८ पुगेका र विभिन्न रोगबाट ग्रसित छविलाल केही दिनअघि मात्रै आँखाको शल्यक्रिया गरेर काठमाण्डुमा बसिरहेका थिए । उनले ०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका पिता नन्दप्रसादको अनशनरत अवस्थामै मृत्यु भइसकेको छ । नन्दप्रसादको शव अहिलेसम्म शिक्षण अस्पतालमै छ ।