एनआई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवतीमन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु  उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ । पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, , एमाले सांसद श्रीमती शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा यस एनआई सी एशिया बंैककाका.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेज्यूद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथाऋऋत्ख् क्यामराहरु हस्तान्तरण गर्नुभएको थियो । यस्ता सामाजिक उत्तर दायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक कृयाकलापम सहयोग पु¥याउने हुनाले उक्त कार्यको नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर श्री शिवराज श्रेष्ठज्यूले प्रशंसा गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू.१७६अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२० अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।