असार – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराएको थियो । नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।

तीन वर्षको अवधिमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ । अब पाँचौ सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । आजै मन्त्रिपरिषद बैठक पनि बस्दै छ ।