ह्यारी मागुरे
ह्यारी मागुरे
स्वीडेनलार्इ क्वार्टरफाइनलमा २-० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड सन् १९९० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

इंग्ल्याण्डको जितमा ह्यारी म्यागुरे र डेल अलिले गोल गरेका थिए। खेलको ३१ अौं मिनेटमा ह्यारी म्यागुरेले कर्नरबाट अाएको बलमा हेडर गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए। यो उनको पहिलो अन्तराष्ट्रिय गोल पनि थियो।

उनको खेलसँगै पहिलो हाफमा इंग्ल्याण्डले स्वीडेनविरुद्ध १-० को अग्रता लिएको थियो। दोस्रो हाफको ५९ अौं मिनेटमा डेले अलिले पुन: हेडरमार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ २-० को जित दिलाए।

योसँगै इंग्ल्याण्डले पहिलोपटक विश्वकपमा स्वीडेनलार्इ हराएको हो। यसअघि यी दुर्इ टोलीहरुबीच विश्वकपमा भएका दुर्इ खेल बराबरीमा टंग्गिएको थियो।  २००२ को पहिलो भेटमा १–१ र २००६ को दोस्रो भेट २–२ को बराबरीमा रोकिएको थियो।

अब इंग्ल्याण्डले बुधबार रसिया या क्रोएशियासँग सेमिफाइनल खेल्नेछ। यी दुर्इबीच केहीबेरमा विश्वकपको अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ।