रामेलु लुकाकु

रामेलु लुकाकु
बेल्जियमसँग क्वार्टरफाइनलमा २-१ गोलअन्तरले पराजित हुँदै पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रुस विश्वकपबाट बाहिरिएको छ। जितसँगै १९८६ पछि बेल्जियम पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

यस विश्वकपमा यो बेल्जियमको लगातार पाँचौं जित पनि हो। बेल्जियमले अब अागामी मंगलबार फ्रान्ससँग सेमिफाइनल खेल्नेछ।

खेलको १४अौं मिनेटमा कर्नरबाट अाएको बल ब्राजिलका फर्नाडिन्होको पाखुरामा लाग्दै गोलमा परिणत भएपछि बेल्जियमले अात्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो।

बेल्जियमका नासिल नादिलले कर्नरबाट स्विङ गर्दै पोस्ट नजिक पुर्याएको बल फर्नान्डिनोको पाखुरामा लाग्दै जाली चुमेको थियो।

योसँगै फर्नान्डो ब्राजिलको विश्वकप इतिहासमा अाफ्नै पोस्टमा गोल गर्ने दोस्रो खेलाडी बनेका थिए। उनीअघि २०१४ मा क्रोएशियाविरुद्ध मार्सेलोले अाफ्नै पोस्टमा गोल गरेका थिए।

यसविश्वकपमा भएको यो ११ अौं अात्मघाती गोल समेत हो।

केभिन डि ब्राउनी

केभिन डि ब्राउनी

खेलको ३२ अौं मिनेटमा केभिन डि ब्राउनीले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका थिए। रामेलु लुकाकुले खेलको मध्यभागबाट ल्याएको बल डि बक्सबाहिर केभिनलार्इ दिएका थिए। उक्त बललार्इ शशक्त प्रहार गर्दै उनले गोलमा परिणत गरे।

पहिलो हाफमा २-० ले पछि परेको ब्राजिललार्इ ७६ अौं मिनेटमा हेडर मार्फत गोल गर्दै रेनाटो अगुस्टोले २-१ को स्थितीमा पुर्याए पनि हार टार्न सकेनन्।

1

1