मतदाताले गर्दैछन् यी ‘हेभिवेट’को भाग्य फैसला, को वार को पार ?

प्रकाशित : मंसिर २१, २०७४

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ‘हेभिवेट’ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुको भाग्यको फैसला आज पाँच बजेसम्म मतदाताले गर्दैछन् ।निर्वाचनमा प्रमुख दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र वाम गठबन्धन नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति र राप्रपा (प्रजातान्त्रिक)ले बृहत्त लोकतान्त्रिक गठबन्धन बनाएर वाम गठबन्धनलाई काउन्टर दिएका छन् । यद्यपि, वाम गठबन्धनजस्तो लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरुबीच देशैभरि तालमेल भएको छैन ।

यसपटकको निर्वाचनमा केही चर्चित अनुहार चुनावी मैदानमा छन्, जसले प्रभावशाली नेताहरुसँग प्रतिष्पर्धा गर्दैछन् । कतिपय निर्वाचन क्षेत्रमा गठबन्धनकै उम्मेद्वारले जित निकाल्न कठिन पर्ने देखिन्छ भने अर्कोतर्फ प्रमुख दलका शक्तिशाली तथा चर्चित नेताहरु लड्ने निर्वाचन क्षेत्रहरू पनि एउटै छन । पहिलो चरणमा निर्वाचन भएका निर्वाचन क्षेत्रको मतगणना पनि दोस्रो चरणमा हुने निर्वाचनपछि नै हुने भएकाले कसले बाजी मार्ला भन्ने कौतहुलता आम मतदातामा छ ।

ссылкинабратьorsk.ru объявлениясколько стоит регистрация в яндекс каталогестраницывиза в сингапур для украинцеврегистрация аккаунта в google