काठमाण्डौं , तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रीपरिषदको सिफारिशमा राष्टपति ले नियुक्त गरेका सातै प्रदेका प्रमुखहरुको पद धरापमा परेको छ । वुधवार राती वसेको केपी ओलीको नेतृत्वको सरकारले भदौ १४ पछिको सवै राजनीतिक नियुक्त खारेज गर्ने निर्णयले यस्तो अवस्था सृजना भएको हो ,केपी ओलीले यस अगाडि नै कांग्रेसले नियुक्त गरेका प्रदेश प्रमुखवाट शपथ नखाने वताएका थिए । तर पछि कुनै वादविवाद नगरी शपथ ग्रहण गराएका थिए । 

वुधवारको मन्त्रीपरिषदकाृे निर्णयले माघमा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुको नियुक्ति वदर भएको छ । तर यसलाई सरकारले आधिकारिक रुपमा सार्वजनिक गरेको छैंन । मन्त्री परिषदको वैठक भएको ४८ घण्टा पछि निर्णय को कपी सम्वन्धित निकायमा पठाएपछि यसको निर्णय कार्यान्वयन हुने छ । मन्त्रीपरिषद स्रोतले वतायो । 
अहिले सात प्रदेशमा प्रदेश प्रमुखहरु क्रमश १,२,३,४,५,६,७ मा डा। गोविन्द सुव्वा,रत्नेश्वरलाल कायस्थ, अनुराधा कोईराला,बाबुराम कुँवर,उमाकान्त झा,दुर्गाकेशर खनाल र मोहनराज मल्लले काम गर्दे आएका छन् ।