काठमाडाै ।  कालिकोट राज्यको दृष्टिकोणमा मात्र पछि परेको छैन, प्राकृतिकरुपमै पनि विकट छ । कालिकोटवासीको पीडालाई नत राज्यले बुझेको नत राजनैतिक दलका नेताहरुले नै बुझेका छन् । विरामी भयो धामी झाँक्री कहाँ धाउनु पर्ने वाध्यता छ कालिकोटको । रोग, भोक, गरिवी र अशिक्षाको धनी कालिकोट राज्यको पँहुचबाट धेरै टाढा छ ।

कालिकोटले धेरै साँसद जन्मायो । माननीय भएर झण्डा हल्लाएर कालिकोट नपुगेका होइनन् मन्त्री । तर कालिकोटको विकट्ता र सुन्दरतामा मात्र रमाउन सिके, कालिकाेटकाे दुःखमा भने नत रमाउन सके नत साथ नै दिन सके । दुःखसंग एकाकार हुन सकेनन् माननीयहरु । चाहे विकासको नाममा होस या अन्य कुनै रोजगारीको नाममा होस ।

नेता फेरीए, नेताको जीवनशैली फेरीयो तर कालिकोटवासीको दुख कहिले पनि फेरीन सकेन । फेरिएन जनताको पीडाकाे भारी । विरामी भयो हेलिकप्टर चार्टर गर्ने क्षेमता नभएर कैयौ कालिकाेटे विरामी अकालमै मृत्यूको मुखमा धकेलिए । कालिकोटको एक ढुङ्गा फुटाउन करोडौ बजेट लाग्छ । तर काठमाडौको एउटा गल्लीमा लाग्ने बजेट होल कर्णालीमा विनियोजन गर्दा कसरी विकास हुन्छ ? त्यो कहिल्यै बुझेन राज्यले ।

पीडै पीडामा हुर्किएका कालिकोटवासीमा पछिल्लो समय केहि आशाको दियो बलेकाे छ । अव धामी झाँक्रीमा धाउनु पर्ने वाध्यता केहि हदसम्म भएपनि टर्ने भएको छ । कालिकोट र वाजुराकाे सिमानामा पर्ने विकट गाउँ पलातामा १५ सैय्याको अस्पताल बन्ने भएपछि स्थानियवासी खुसी मात्रै भएका छैनन्, अकालमै ज्यानगुमाउनु पर्ने वाध्यता टर्ने भएकाे छ ।

अस्पताल बन्ने भए पछि केहि हदसम्म भएपनि दुख विसाउने चौतारी बन्ने युवाहरुले बताएका छन् । अस्पताल स्थापना गर्न पहल मात्रै
होइन निरन्नर लागि परेको कालिकोटका युवाहरुले बताएका छन् । सिटामोल समेत नपाउने बाजुरा र कालिकोटका सिमावासीहरु पलाता गाँउपालिकाको वडा न ८ थिर्पुमा अस्पताल स्थापना बन्ने भएपछि उत्साहित भएका छन् ।

दुर्गमको पनि दुर्गम गाँउपालिकामा अस्पताल बन्ने कुराले अव उपचारको सहज पँहुच हुने आशा निरासामा नजाने स्वास्थ्य मन्त्री दिपक बोहराका स्वकिय सचिवसमेत रहेका निराजन बमकाे भनाइ छ । कालिकोट सदरमुकाम देखि २ दिनको पैदल दूरीमा हिडेर उपचार गर्न गयाे सिटामाेल समेत नपाएर रिताे हात घर फर्कियाे । यहि प्रक्रियाकाे अन्त्यका लागि र उक्त ठाँउका स्थानीयको सहज उपचार सेवाका लागि अस्पताल स्थापना गर्न लागिएको निराजन बमले बताए ।

विगत लामो समयदेखि राप्रपा निकट विधार्थीसंघबाट राजनीतिमा छवि बनाएका बमले  कालिकोटको पलाताबासीले पाएको दुःखलाई मध्यनजर गर्दै अस्पताल स्थापनाका लागि स्वीकृति प्रक्रिया अन्तिम चरणमा पुगेको वताए । राज्यले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सकेको भए ग्रामिण भेगका जनताले सिटामोल समेत नपाएर ज्यान गुमाउनु पर्ने थिएन होला ? एक ट्याव्लेट सिटामोल कै आशामा दुई–तीन दिनको बाटो हिडेर पनि नपाँउदा कस्तो हुन्छ ? सहजै अनुमान गर्न सकिन्छ ।

नेपालका अधिकाँस स्वास्थ्य सस्थामा समेत औषधी नपाईने अवस्थामा छ भने दुर्गम भेगको कहाली लाग्दो अवस्था कस्तो होला ? सवैले बुझ्ने कुरा हो । युवाहरुको यो सानो पहले कमसेकम अव त्यहाँका स्थानीयवासीले अकालमा ज्यान गुमाउने दिन त जाने भए । राज्यले अविलम्व स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउन जरुरी छ ।как добавить новый сайт в поисковикипиар эточем сутьdostavka.spacedab aquajet inoxst petersburg russia weather