१८ असार – सोमबार बिहान काठमाण्डुको नागढुंगाबाट प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवागढीबाट काठमाण्डुमा तस्करीको सुन ल्याउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका तेञ्जिङ लामालाई नागढुंगामा चेकपोस्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी मोहन थापालका अनुसार मोटरसाइलमा सवार लामाले कम्मरमा पेटी जस्तो बनाइ लुकाएर सुन ल्याउँदै गरेका थिए ।

पक्राउ परेका लामालाई दिउँसो साढे एक बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रवक्ता थापाले बताए ।