गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबाबमा गैरसरकारी संघसंस्थाको सम्पत्ति छानबिन स्थगित गरेको खुलेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका संचालक–पदापधकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाब आएपछि गृह मन्त्रालय पछि हटेको उच्च श्रोतले जानकारी दियो । 

जेठ १४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रसाशन कार्यालयहरुलाई गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो।, कारोबारमा खबर छ ।