पार्टी प्रवेश कार्यक्रमबाट विप्लव नेकपाका पोलिटव्युरो सदस्यसहित ४ दर्जन नेता कार्यकर्ता गिरफ्तार

 

पार्टी प्रवेश कार्यक्रम भइरहेकाे क्रममा काठमाडाैंबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य पदम रार्इलगायत चार दर्जन नेता कार्यहरूलार्इ प्रह

रीले गिरफ्तार गरेकाे छ ।साथै पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ नेकपा केन्द्रिय सदस्य मकर गुरूङलगायत नेता कार्यकर्ता परेका छन् । काठमाडाैंकाे नेपालटारस्थित विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलार्इ ध्रुविकृत गर्ने कार्यक्रम रहेकाे थियाे ।शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला कार्यक्रमस्थलबाट प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ परेकाहरु सबैलाई बलाजु चौकीमा राखिएको छ ।

यता नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण कार्यक्रम गरिरहेका अाफ्ना नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे घाेर विराेध र भर्त्सना गरेकाे छ । गिरफ्तार नेता कार्यकर्ताहरूलार्इ तत्काल रिहा गरे पार्टीले संघर्षकाे जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएकाे छ ।

पार्टी प्रवेश कार्यक्रमका अवसरमा नेकपाका नेता कार्यकर्ताहरू ।

गिरफ्तारपछि बालाजु प्रहरी बृतमा नेकपाका पीविएम रार्इलगायतका नेता कार्यकर्ताहरू ।

गिरफ्तारपछि बालाजु प्रहरी बृतमा नेकपाका पीविएम रार्इलगायतका नेता कार्यकर्ताहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *