विश्वफुटबलको महाकुम्भको रुपमा चिनिएको विश्वकप फुटबल २०१८ को समूह चरणको अन्तिम खेलहरु हुदैछन् । समूह चरणको अन्तिम दिन आज समूह जी र एच का खेलहरु हुँदैछन् ।

बेलुकी ७ः४५ बजे समूह एच को खेलमाWorldcup-2017-Tapaikokhabar जापानले पोल्याण्डसंग र सेनेगलले कोलम्बियासंग खेल्दैछ ।

जापान र सेनेगलको ४–४ अंक छ भने कोलम्बियाको ३ तथा पोल्याण्ड अंकविहिन छ । पोल्याण्ड बाहिरिँदा जापान, सेनेगल र कोलम्बियामध्ये दुई टोली राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् ।

बिहिबार राति ११ः४५ बजे समूह जीबाट इंगल्याण्ड र बेल्जियम तथा पानामा र ट्युनिसिया भिड्दै छन् ।

इंगल्याण्ड र बेल्जियमको समान ६–६ अंक छ । दुवै टिम राउन्ड अफ सिक्सटिनमा पुगिसकेका छन् । समूह विजेता र उपविजेताको मात्र छिनोफानो हुँदैछ ।

पानामा र ट्युनिसियाको भिडन्त केवल प्रतिष्ठाको लागि मात्र हुनेछ ।