नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सबै दलको केन्द्रविन्दु सत्ता मात्र भएको टिप्पणी पनि गरेका छन् । रास्ट्रपति चुनाव नजिकिदै गर्दा आइतबार सुर्खेत पुगेका नेता खनालले पत्रकारसँग कुरा गर्दै वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् ।

नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउँदै नेता खनालले भने, ‘पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भए ।’

पछिल्लो गठबन्धनबाट गुणात्मक परिवर्तन आश गर्न नसकिने तर्क गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘देश जसरी अगाडि बढेको छ, यो कतिबेला के हुन्छ भन्ने कुरा सहजै भन्न सकिँदैन ।’

राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल भइरहेको नेता खनालको भनाइ छ ।