सर्लाही । गायक रवि राज साहको कवाना घाटे अवना जवना लोक छठ गीत मधेशभरि नै लोकप्रिय बन्दै गएको छ । नेपाल टेलिकमले प्रायोजन गरेको यो गीतलाई सामाजिक सञ्जाल प्रयोगर्ताहरुले कलर टोनमा राख्नसमेत आग्रह गरेका छन ।

गायक रविराजको छठ पुजा गीतमा बिरगंज घाटे औना जाना सर्लााहीको मलंगवा छठी घाट सजौना भनिएको छ भने जनकपुर आ काठमाडौ घाटे लागल छठी माईके बिछौना हे, लगायतको समुधुर लोक भाका समेटिएको छ । रविराजको गीतमा पर्साको बिरगंज,सर्लाही सदरमुकाम मलंगवा तथा धनुुषाको जनकपुर धाम स्थित रहेको छठी घाटहरुलाई समेत समेटेर तयार पारिएको छठ गीतमा सिङ्गो मधेशलाई नै प्रतिनिधित्व गरेको छ । रविराजको छठ पुजा गीत भोजपुरी भाषामा गाइएको छ ।

यसैगरी गीतमा लोक सँस्कृति झल्किने भाका तथा नृत्य प्रस्तुत गरिएको छ । आइ एम ई लोक स्टारमा पनि निकै चर्चा कमाएका रविराजको छठ पुजाको गीत भने यतिबेला समाजिक सञ्जाल तताइरहेका छ । यति बेला उनले गाएका छ्ठको गीत “कवाना घाटे अवना जवना”लोकप्रिय बन्दै गएको छ ।उक्त गीतको मुख्य कलाकारमा गायक रविराज, आश्विनी शाही, लिरिक्स उमा लाल यादव रहेका छन् । रविराजको पछिल्लो गीतहरु समेत मधेस केन्द्रित रहेकोले लोकप्रिय हुँदैआएको छ ।

नेपालमा छठ पुजामा आधारित गाइएका गीतहरु मध्ये अहिलेसम्मकै साहको यो छठ गीत लोकप्रिय र सुमुधुर भएको चन्द्रनगर गाउँपालिकाका वडा नं। १ बस्ने रामेश यादवले बताए । उनले गायक रवि राजको गीतमा मौलिकता, भाकाको मिठास तथा समग्र मधेशको छठी घाट समेटेको हुदाँ यो गीत लोकप्रिय बन्दै गएको बताए ।

समाजिक सञ्जाल प्रयोगकर्ता असलम अंसारीले मधेशको सँस्कृति झल्किने छठ गीत निकै नै राम्रो भएको बताए । अर्का समाजिक सञ्जाल प्रयोगकर्ता राम नरेश साहले छठ गीत भनेको यस्तो हुनु पर्छ । धन्यवाद छ नेपाल टेलिकमलाई रविराज जस्तो लोक गायकको गीतमा प्रमुख प्रायोजन गरिदिएकोमा अब यस गीतलाई कलर टोनमा राख्दा अति राम्रो हुने सल्लाह समेत दिएका छन । सुशिल नारायण साहले यो अहिले सम्मकै सुन्दर लोकप्रिय भोजपुरी लोक छठ गीत भएको बताए । रविराजले प्रमाणित गरिदियो भोजपुरी गीत पनि सुन्दर गीत हुदोँ रैछ युवा सुशिलले भने ।