सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलमा छनोट हुनका लागि नेपालले आज एसियन जोन राउन्ड २ तर्फ युएईविरुद्ध खेल्न लागेको छ।

विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ‘अवे म्याच’ खेल्दै विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो।

नेपाल र युएईबीचको खेल राति ९ः३० मा युएईस्थित अल–माक्तुम स्टेडियममा सुरु हुनेछ। नेपाल रहेको समूह ‘एच’ को खेलमा यूएईसहित बहराईन र यमन पनि समावेश छन्। नेपालले लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो।

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिम युएईमा छ।

यूएईविरुद्धको खेल अघि राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताका लागि आफुहरुले राम्रो तयारी गरेको बताएका छन्।