सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। त्यसअघि संयन्त्रका संयाेजक केपी शर्मा ओली  र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छुट्टै छलफल भएकाे थियाे।  बालुवाटारमा भएको बैठकमा सत्तारुढ दलका शिर्षस्थ चार नेताहरुको उपस्थिति रहेकाे छ।बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । सत्तारुढ दलकै जनमत पार्टी र नागरिक उन्मक्ति पार्टीकाे भने बैठकमा उपस्थिति छैन।

संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनका साथै पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको छ। त्यस्तै सुदुरपश्चिममा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको छ। बिहीबारका लागि बोलाइएको संयन्त्रको बैठक संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएपछि शुक्रबार बिहानका लागि सारिएको थियो।नागरिक दैनिक बाट