प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा डाकिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले जाजरकोट भुकम्पमा भएको मानवीय,भौतिक क्षति र समसामयिक विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक आह्वान गरेका हुन् ।