सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेस र नेकपा (एस) गठबन्धनको सरकार बन्ने भएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

उनलाई बिहीबार प्रदेश प्रमुखले बिहीबार संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनले शुक्रबार सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री शाहले तत्काल कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट एक/एकजना मन्त्री बनाउने तयारी गरेका हुन् ।