विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसर पारेर साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको छ । कार्यक्रमको तालिका निम्नानुसार रहेको छ ।

कार्यक्रमहरुः
१. असोज १६ देखि १९ गते सम्म निम्नानुसारको कलेजहरुमा शेयर सचेतना तथा तालिम कार्यक्रम ।
असोज १६ – रिलायन्स कलेज, सरस्वतीनगर, काठमाण्डौ ।
असोज १७ – क्यातफोर्ड इन्टरनेशनल कलेज, बालकुमारी, ललितपुर ।
असोज १८ – सेन्ट्रल डिपार्टमेन्ट आफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर ।
असोज १९ – पनौति नगरपालिका, पनौति ।
२. वाकाथन कार्यक्रम – मिति २०८० असोज २० गते शनिबार विहान ८ बजेबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यूको नेतृत्वमा व्यानर तथा प्लेकार्ड सहित भृकुटि मण्डपबाट बसन्तपुर दरबार स्क्वायर सम्म पुगेर भेलामा परिणत भई समापन गरिने
३. साताव्यापी विश्व लगानीकर्ता सप्ताह २०२३ समापन तथा अन्तरक्रिया कार्यक्रम – मिति २०८० असोज २१ गते दिउँसो ३ बजेबाट नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्री रमेश कुमार हमाल प्रमुख आतिथ्य तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लि.का प्रमुख कार्यकारी अधिकृत श्री पूर्ण प्रसाद आचार्यज्यूहरुको आतिथ्यमा साताव्यापी लगानी सप्ताह कार्यक्रमको विसर्जन तथा पूँजी बजार विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने सम्बन्धमा ।