कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउने गगनको मागले दबाबमा देउवा र प्रचण्ड

नेपाली कांग्रेस भित्र कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाउने देखि कांग्रेसबाट सरकारमा गएका सवै कांग्रेस मन्त्रीहरु बाहिरिनुपर्ने आवाजहरु उठेको छ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नै राजाधानीमा भएको एक कार्यक्रममा प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिनु पर्ने धाराणा राखेका हुन । काठमाडौंमा रुपान्तरण अभियानले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्दै कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउनु बताए। गठनबन्धन भित्र समाजबादी मोर्चा उपगठबन्धन रहेकाले त्यसलाई एकल सरकार चलाउन दिनुपर्ने धारणा कांग्रेस महामन्त्री थापाले राखेका छन्। त्यसका लागि सरकारलाई दिएको समर्थन कायम राखि आफ्नो मन्त्री फिर्ता बोलाउनु पर्ने बताएका हुन । ‘अढाई वर्ष समाजवादी मोर्चाले सरकार चलाओस् त्यसपछिको अढाई वर्ष कांग्रेस एक्लै चलाउँछ । त्यसपछि भएन भने कांग्रेसले गरेन भन्न मिल्छ । काम हेर्ने हो भने अहिले कांग्रेसका मन्त्री छन् कांग्रेसको सरकार छैन । थापाले भने । यता नेपाली काँग्रेसका नेता दिलेन्द्र बडूले भने सरकार कांग्रेसको रहेको बताएका छन् ।प्राविधिक रुपमा प्रधानमन्त्री प्रचण्ड भए पनि सरकारको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको दावी उनले गरे । उनले अहिलेको सरकार निर्माणको गठबन्धनको नेतृत्व कांग्रेसको रहेकाले सरकारको नेतृत्व पनि कांग्रेसकै रहेको भन्दै नेतृत्वमा भएर पनि राम्रो काम गर्न नसके भने काँग्रेसलाई जनताले नपत्याउने उल्लेख गरे। कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकार केही गतिविधिबाट निरन्तर आलोचित भइरहेको र त्यसको अपजस कांग्रेसले बोक्नुपरेको यसबाट छुटकारा मिल्नुपर्ने जोड दिए । ‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरूरी छैन,’ पौडेलले भने, ‘‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरूरी छैन । म जान नपाएर भनेको होइन ।’ संस्थापन पक्षका नेताहरू पनि इतर समूहका नेताहरूजस्तै सरकारले गरेका काममा सन्तुष्ट छैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाण, नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पार्टी सांसद डा. सुनिल शर्मालगायतलाई सरकारले अनहकमा दुःख दिएको संस्थापन पक्षका नेताहरूको बुझाइ छ । सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री भिष्मराज आङदम्बेलगायतले खुलेरै सरकारको विरोध गरिरहेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा पनि सरकारले गरेका नराम्रा कामको अपजस कांग्रेसले लिन परिरहेको बताएका छन् । गठबन्धन सरकारमा कांग्रेसबाट १० मन्त्री सहभागी छन् । तीन जना मात्र कोइराला पक्षबाट मन्त्री बनेका छन् भने बाकी देउवा पक्षका छन् । महाधिवेशन केन्द्रित कार्यक्रम गरिरहेको इतर समूह अहिलेको सरकारले गरेको नराम्रो कामको जस पनि कांग्रेसले बोक्नुपरेको भन्दै त्यो बोझबाट पार्टीले उन्मुक्ति पाउनुपर्ने बताइरहेको छ ।खासमा पार्टी शेर बहादुर देउवालाई थप दबाब दिन कोइराला पक्षका मन्त्रीफिर्ता गर्ने बखेडा निकालेको देउवा निकट नेताहरु बताउछन् । गगनको मागले प्रचण्डलाई पनि दबाबमा राखेको छ।
