काठमाडौं । गत नयाँवर्ष वैशाखमा रिलिज भएको दयाहाङ राई र मिरुना मगरको चलचित्र जारीले १७ करोडमाथिको व्यापार नैपालमै ग-यो । दयाहाङ र मिरुनाकै मुख्य भूमिका रहेको चलचित्र नांगो गाउँले अहिले ५ करोडभन्दा माथिको व्यापार गरिसकेको छ । यो चलचित्र अहिले नै बक्स अफिसमा हाउसपूmल जस्तै देखिएको छ ।

कबड्डी–४ पछि पनि दयाहाङ र मिरुनाको पछिल्ला यी दुई चलचित्र हिट भएपछि यी दुईको अहिले छायांकनमा रहेको चलचित्र ‘रंगेली’लाई विदेश राइट किन्न होडबाजी चलेको छ । यसै क्रममा ‘रंगेली’को अस्ट्रेलियामा रिलिजका लागि राइट्स बिक्री भइसकेको छ भने यो चलचित्रको ‘ग्रान्ड प्रिमियर’ पनि अस्ट्रेलियामा हुने भएको छ ।

‘रंगेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ । हाल चलचित्रको मोरङको रंगेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायांकन भइरहेको छ ।

महाशिवरात्रिको दिन आगामी फागुन २५मा यो चलचित्र नेपालमा रिलिज गरिने भएको छ । यो चलचित्रको अस्ट्रेलियामा भने आगामी माघको अन्तिम साता प्रिमियर गरिने भएको छ । यो चलचित्रको अस्ट्रेलिया राइट्स ‘हट बिट्स इभेन्टस्’ले किनेको छ । सोही कम्पनीले यो चलचित्रको ग्रान्ड प्रिमियर अमेरिकामा गर्ने बताएको छ ।

प्रिमियरमा चलचित्रको मुख्य कलाकार पनि अस्ट्रेलिया जाने भएका छन् । नेपालबाट कलाकारसहित निर्माण टिम पनि जानेछन् । त्यहाँका प्रतिष्ठित नेपालीहरू, कूटनीतिक व्यक्ति, पत्रकार तथा चलचित्रकर्मीमाझ चलचित्रको प्रिमियर गरिनेछ । संयुक्त राज्य अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडि नै यसको प्रिमियर हुने बताइएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा यो चलचित्रलाई सुशन प्रजापतिको छायांकन, सुशान्त गौतमको संगीतमा तयार एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायांकन गरिने भएको छ । गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । चलचित्रका अन्य गीतमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहनेछ ।

चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुजजंग थापा हुन् । निर्माताहरू संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सहनिर्माता हुन् । विवेक खड्का (योलो) एसोसियट निर्माता हुन् ।