केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरण सहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्धेश्य लिएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा आएको छ ।
दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।
यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपाल अधिराज्य भरी आफ्नो स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरु समक्ष पूराउने निर्णय केएफसीले गरेको छ ।

केएफसी दरबारमार्गको पुनः उद्घाटन ग्राहकहरुलाई उनीहरुको मनपर्ने केएफसी परिकारको आनन्द लिनसक्ने आरामदायक र आमन्त्रिण वातावरण प्रदान गर्ने आफ्नो निरन्तरको प्रयासमा एक महत्वपूर्ण कदम भएको केएफसी नेपालले उल्लेख गरेको छ ।
स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरुलाई स्मरणीय भोजन अनुभव दिनेछ । साथै ग्राहकहरुको अनुभवलाई अभिवृद्धि गर्नका लागि छिटै नै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गरिने छ ।
आउदो चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयामा डबल डाउन बर्गर ल्याएको छ । ग्राहकहरुलाई अकाट्य स्वादको मज्जा लिने अवसर प्रदान गर्नका लागि उक्त लोकप्रिय प्रडक्ट सीमित समयका लागि मात्रै ल्याइने छ ।