संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिकातर्फ प्रस्थान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिरः राजिव खत्री/ नागरिक
राजिव खत्री काठमाडौँ ३० भाद्र २०८० १ मिनेट पाठ

प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन दाहाल आज अमेरिकातर्फ प्रस्थान गरेका हुन।

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन्। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ।
नागरिक दैनिक बाट