देशमा देखिएका राजनीतिक जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि परेका चुनौती समाधान गर्न अग्रगामी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी अपरिहार्य रहेको उल्लेख गर्दै आज फेसबुकमार्फत  एक वक्तव्य जारी गर्दै आव्हान गर्नु भएकाे हाे ।

प्रचण्डले वक्तव्यमा भन्नुभएकाे छ- “यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ ।”

देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै वक्तव्यमा उल्लेख गरिएकाे छ । “राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।” वक्तव्यमा दाबी गर्नुभएकाे छ ।

यसै सन्दर्भमा देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरिएको छ । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्नुभएकाे छ ।

वक्तव्यको अन्त्यमा भन्नुभएकाे छ- “यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु । धन्यवाद ।”