मिर्गौला पिडित प्रकाश देवकोटा बचाउ अभियान
गोकुल देवकोटा /कालिकोट /
कालिकोट जिल्ला सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ३ निवासी जनचेतना बहुमुखी क्याम्पस कालिकोट का स्वतन्त्र विद्यार्थी युनियन सङ्घका कोषाध्यक्ष विद्यार्थी ओम प्रकाश देवकोटाको दुवै मिर्गौला फेल भई अहिले काठमाडौँको टिचिङ हस्पिटलमा उपचार गराइरहनुभएको छ। उहाँको पारिवारिक अवस्था निकै कमजोर भएको र उपचार गर्दै गर्दा धेरै पैसा लाग्ने भएको र मिर्गौला प्रत्यारोपण गर्नको लागि उहाँको पूजनीय पिताले दिने हुनुभएको छ। उपचार खर्च रकम धेरै लाग्ने भएको हुँदा अहिले उपचारका लागि उहाँले सहयोगको अपि गर्नुभएको छ ।
ग्रामीण क्षेत्रमा जन्मिनुभएका ओम प्रकाश देवकोटा करिब १५ दिनदेखि बिरामी भई हस्पिटलको बेडमा छटपटाइ रहनु भएको छ । तपाई सानो सहयोग उहाँको नया जिन्दगी सुरूवात हुनसक्छ त्यसैले आउनुस् तपाईँ हामी ले जति सकिन्छ मिलेर उहाँलाई सहयोग गरौं।